+
+

विष्णु पौडेलसँग राजु गुरुङ भिड्ने !

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते २०:३२

१४ भदौ, रुपन्देही । नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गरेको छ ।

रुपन्देही–१ बाट महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा.विजय पौडेल र उमापति पाण्डेको नाम सिफारिस गरिएको छ । रुपन्देही–२ बाट केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज राजु गुरुङ सिफारिस भएका छन् । उनको नाम सर्वसम्मत पठाइएको छ ।

गुरुङ सिफारिस भएको क्षेत्र रुपन्देही-२ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनाव लड्दै आएका छन् ।

०७४ को निर्वाचनमा पनि पौडेल यो क्षेत्रबाट निर्वाचित भएका थिए । वाम गठबन्धनका उम्मेदवार बन्दै पौडेलले ४४ हजार ३ सय मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार युवराज गिरीले २१ हजार ९३७ मत पाएका थिए । गिरी कांग्रेसका जिल्ला तहका नेता हुन् । तर यसपटक गठबन्धनमा यो क्षेत्र एकीकृत समाजवादीले पाउने सम्भावना रहेको एक नेता बताउँछन् ।

एमाले विभाजन अगाडिसम्म विष्णु पौडेलको चुनावी कमाण्डर हुने गरेका थिए । त्यसैले पनि गुरुङलाई उम्मेदवार बनाउने सम्भावना रहेको ती नेता बताउँछन् ।

एमाले निकट युवा संघका पूर्वउपाध्यक्ष गुरुङ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रुपन्देही जिल्ला अध्यक्ष थिए । तर एमाले विभाजनसँगै उनी एकीकृत समाजवादीतिर लागे ।

‘एक नम्बरबाट विजय पौडेलले चुनाव लड्ने मनसाय गर्नुभएको छ, तर उहाँको भन्दा राजु गुरुङको जनमत राम्रो छ’, ती नेता भन्छन् । त्यसैले अरु क्षेत्र कांग्रेसलाई छाडेर एकीकृत समाजवादीले २ लिनसक्ने नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?