+
+

अछामको विनायकमा युवक मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते ७:५८

१५ भदौ, कैलाली । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक युवक मृत अवस्थामा भेटिएका छन् । मंगलबार राति करीब साढे १० बजेतिर स्थानीय २५ वर्षीय बमबहादुर धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले बेलुका घर नफर्किएपछि खोजी गर्दा मध्यपहाडी लोकमार्ग अन्तरगत विनायक बजार नजिकै पर्ने मुख्य सडकको नालीमा धामी मृत भेटिएको जानकारी दिए ।

उनकाअनुसार घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?