+
+

नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते ८:५६
भरतपुर महानगरपालिका वडा नं. २९ केराबारी भन्ने ठाउँमा पहिरो पन्छाउन परिचालन गरिएका डोजर ।

१५ भदौ, चितवन । पहिरो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान साढे आठ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका वडा नं. २९ केराबारी भन्ने ठाउँमा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण जाममा परेका सवारी साधनहरु पहिरो पन्छाएपछि गन्तव्यमा लागेका छन् ।

सवारी साधनहरूलाई लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोधसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?