+
+

चोलेन्द्रसँगको बयान बन्द गर्ने कि खुला भन्नेमा बहस जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १२:३६

१५ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँगको बयान बन्द कोठाभित्र गर्ने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस भइरहेको छ । मतैक्यता नहुँदा जबरासँग बयान लिने काम सुरु भएको छैन ।

एक घण्टादेखि समितिको बैठक जारी रहे पनि जबरासँग बयान लिने काम सुरु नभएको एक सदस्यले जानकारी दिए ।

आफूमाथि लागेको आरोपबारे बयान दिन जबरा ११ बजे नै सिंहदरबार पुगेका थिए ।

गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

आज बयान लिने भएपछि समितिले यसअघि नै प्रमाणहरू संकलन गरेको छ । सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ ।

समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाणहरू प्राप्त भएका छन् ।

महाअभियोग सिफारिस समितिका अनुसार जबराविरुद्ध प्रमाणको ठूलो सूची तयार भएको छ । विभिन्न व्यक्ति र संस्थाले दिएका र समिति आफैंले संकलन गरेका प्रमाणहरुमा मुख्य गरी जबराको आचरणमाथि प्रश्न उठाइएका छन् । सोही आधारमा जबरालाई सोधिने प्रश्नहरु तयार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?