+
+

मोबाइल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्न सानिमा बैंकको विशेष अफर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १३:०५

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्ने योजना सार्वजनिक गरेको छ ।

बैंकको मोबाइल बैंकिङबाट पहिलो पटक ‘टप–अप’ गर्दा ग्राहकहरुले १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त हुने बैंकले जनाएको छ ।

मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये सबै भन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्ने बैंकले जनाएको छ ।

मोबाइल बैंकिङ एप मार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोडबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सकिने बैंकले जनाएको छ । बैंकको उक्त योजना १३ भदौदेखि १३ मंसिर २०७९ सम्म लागू हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?