+
+

न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १६:२०

१५ भदौ, काठमाडौं । न्यायपरिषद बैठकले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ । बुधबार बसेको बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताए ।

अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी परेको थियो । त्यसपछि न्याय परिषदले उनलाई सर्वोच्च अदालतमा झिकाएको थियो ।

बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आरोप लागेको थियो ।

अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ । उनको खातामा शंकास्पद रुपमा ८ लाख रुपैयाँ भेटिएको थियो । त्यतिबेलै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो । तर कार्यान्वयन भएको थिएन ।

त्यसपछि अधिकारी कालीकोट र पछि बाँकेमा सरुवा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?