+
+

युरो र बीआईएस सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते २०:१९

१५ भदौ, काठमाडौं । आयोजक युरो स्कुल युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

युरोले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई २५–१३ ले पराजित गर्याे । युरोको जितमा साना दीपकले १० स्कोर गरिन् ।

गर्ल्समै बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) ले विद्या संस्कारलाई २०–१२, काष्ठमण्डपले संस्कृतिलाई १२–८ र दीक्षालयले साम्तेनलाई २४–१२ ले हराउदै सेमिफाइनलमा पुगे ।

बीआईएसकी डिकी र सब्रिनाले ५–५, काष्ठमण्डपकी आस्नाले ४ र दक्षिालयकी पेम्बा शेर्पाले २० अंक जोडे ।

ब्वाइजमा एमआईएसले बीआईएसलाई ३८–३२, सेन्ट जेभियर्सले अक्षरालाई ३६–१८ र सेबले विल्सनलाई ३९–२९ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

एमआईएसका आयुश राईले १४ तथा सेन्ट जेभियर्सका शुभम् र मोहितले १४–१४ अंक बटुले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?