+
+

टीआरसी विधेयकमा माओवादीको संशोधन : पीडितलाई निःशुल्क शिक्षा र स्वास्थ्य

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १८:३९
अमृता थापा ।

१६ भदौ, काठमाडौं । वेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुण तथा मेमलिाप आयोगसम्बन्धी विधेयकमा सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदहरुले पनि संशोधन हालेका छन् ।

अमृता थापा, यशोदा सुवेदी गुरुङ,, दुर्गाकुमारी विश्वकर्मा लगायतका सांसदहरुले हालेको संशोधनमा वेपत्ता पारिएको व्यक्तिको यथार्थ पत्ता लागेपछि मारिएको भए शहीद र मारिएको पुष्टि हुन नसके वेपत्ता योद्धा घोषणा गर्ने र राष्ट्रिय शहीदहरु सरह सम्मान गर्नुपर्ने उल्लेख छ ।

पीडितलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिनुपर्ने, रोजगारी उपलब्ध गराउने र रोजगारीको व्यवथा नभएसम्म बेरोजगार भत्ता दिनुपर्ने र उद्योग व्यवसाय गर्न इच्छुक पीडितहरुलाई अनुदानमा रकम उपलब्ध गराउनुपर्ने पनि माओवादी सांसदहरुको संशोधनमा उल्लेख छ ।

प्रतिनिधिसभामा विचाराधीन विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले पनि संशोधन हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?