 
																						फाइल तस्वीर								
											१६ भदौ, काठमाडौं । सरकारले सप्तकोशीमा आएको बाढीले कटान गरेको भू-भागलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सप्तकोशी नदीमा आएको बाढीबाट भौतिक क्षति भएको भू-भागलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । मन्त्रालयका अनुसार उदयरपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ लाई यस्तो क्षेत्र घोषणा गरिएको छ ।
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्बर ६, ७ र ९ तथा कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० लाई समेत संकटग्रस्त क्षेत्र घोषणा गरिएको मन्त्रालयले जनाएको छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६, ७ र ९ लाई समेत यस्तो क्षेत्र भित्र समेटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4