+
+

राष्ट्रपतिको सम्मान नगर्ने भए राष्ट्रपति प्रणाली हटाइदिए हुन्छ : वामदेव

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १८:००

१७ भदौ, काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकता विधेयक हुबहु पास गर्नु राष्ट्रपतिप्रति अपमान हुने बताएका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा गौतमले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले दिएको सन्देश ग्रहण गर्न योग्य रहेको बताए ।

तर प्रतिनिधिसभामा भएको छलफलमा भनिएको विषय सुन्न पनि नसकिने खालका रहेको भन्दै उनले भने, ‘राष्ट्रपतिको सन्देश कलेजका विद्यार्थीहरुले लेखेको निबन्ध हो भन्ने जस्ता टिप्पणी धेरै भए । राष्ट्रपति कुन समूहसित, कुन पार्टीसित सम्बन्धित हुनुहुन्छ भन्ने महत्वपूर्ण होइन । राष्ट्रपतिको सम्मान गर्न जान्नुपर्छ, होइन भने राष्ट्रपति प्रणाली हटाइदिए हुन्छ ।’

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्दा पनि आफूले दुई घण्टाको निम्ति भए पनि फिर्ता पठाइदिनुस् भनेर सुझाव दिन चाहेको, तर राष्ट्रपतिलाई भेट्न नपाएको गौतमले सुनाए । त्यसपछि आफूले सूचना पठाएको र त्यसको केही घण्टामा संसद विघटन भएकाले पदको दुरुपयोग भयो भनेर बोलेको उनले बताए ।

अहिले नागरिकता विधेयक फिर्ता गर्दा प्रतिनिधिसभामा भएको छलफल पनि राम्रो नलागेको बताए । राष्ट्रपतिको सन्देशमा उल्लेख हरेक बुँदाबुँदामा प्रतिनिधिसभाको विचार के हो भनेर छलफल गर्नुपर्नेमा त्यसो नभएको भन्दै उनले बौद्धिकतामाथि हमला भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?