+
+

अधिकारकर्मी कमला उप्रेतीको आत्मसंस्मरण ‘अविराम यात्रा’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १८:४४

काठमाडौं । अधिकारकर्मी कमला उप्रेतीको आत्मसंस्मरण ‘अविराम यात्रा’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तकको विमोचन गरे ।

महिला आधारशीला गैरसरकारी संस्थाकी अध्यक्ष समेत रहेकी उप्रेतीको पुस्तकमा आफ्नो जीवनभोगाइ, बाल्यकालका सपना, संघर्ष, संस्था स्थापना, यसमा प्राप्त सहयोग, सफलता लगायतका विषय समेटिएको छ ।

पुस्तक विमोचनपछि कुलपति उप्रेती, न्यायाधीश शारदा श्रेष्ठ, अधिवक्ता डा. शशी अधिकारी, साहित्यकार रमेश शुभेच्छु लुइटेल, महिला आधारशीला संस्थाकी सल्लाहकार सावित्री जंगम, मानव अधिकारकर्मी प्रदीप पोखरेल लगायतले शुभकामना दिएका थिए ।

उप्रेती हिंसापीडित एकल महिला र बालबालिकाको संरक्षण गर्ने उद्देश्यले सन् १९८९ मा स्थापना भएको महिला आधारशिला संस्थाकी संस्थापक हुन् । संस्थाले आफूमा आश्रित बालबालिकालाई १२ कक्षासम्म निःशुल्क शिक्षा दिइरहेको छ । संस्थामा हाल ५८ जना महिला तथा बालिका आश्रित छन् ।

सिमल बुक पब्लिकेसनले प्रकाशन गरेको ‘अविराम यात्रा’को बजार मूल्य ६०० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?