+
+

जसपा प्रवेश गरेका झालाई पहिलो दिनमै हुटिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १८ गते २०:१७

१८ भदौ, जनकपुरधाम । मधेश प्रदेशको मुख्यन्यायाधिवक्ताबाट राजीनामा दिएका दीपेन्द्र झा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

झाले शनिबार विहान मात्र राजीनामा दिएका थिए । दिउँसो महोत्तरीमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरे । उनलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले फूलमाला लगाउनुका साथै गम्छा ओढाएर स्वागत गरे ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने योजनाका साथ पार्टी प्रवेश गरेको उनले सुरुमा विरोध खेप्नु परेको छ ।

उनी बोल्न शुरु गर्दा कार्यकर्ताकै हुटिंग भयो । यद्यपि बोल्नबाट झा रोकिएनन् । ‘घर प्रवेश गर्ने मान्छेलाई दरबाजामा रोकिँदैन, दुव्र्यवहार गरिँदैन,’ उनले भने, ‘मलाई बोल्न अंकुश लगाउनु राम्रो होइन । यदि मबाट कुनै गल्ती भएको भए, म प्रवेश गर्दा कसैलाई तकलिफ भएको भए क्षमा चाहन्छु ।’

आफू समाजसेवा र वकालत छोडेर जसपा प्रवेश गरेको भन्दै झाले सार्वजनिक कार्यक्रममा बोल्न अंकुश लगाइदिनु लोकतन्त्रका लागि राम्रो नभएको बताए । ‘मलाई पनि बोल्ने मौका दिनुहोस् । म बोल्दा बीचबीचमा म्यूजिक बजाएर डिस्टर्ब नगर्नुस्,’ उनले भने, ‘मैले राजनीति गर्न खोजेको हुँ, मेरो के गल्ती भयो ?’

आफू कुनै पद लिनका लागि नआएको र यस क्षेत्रको विकास गर्न भिजनसहित आएको झाले बताए । ‘यस क्षेत्रको सडक बन्नुपर्यो, शिक्षा, स्वास्थ्यको सुनिश्चितता हुनुपर्यो’ उनले भने ।

मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएर जसपा प्रवेश गरेका झा महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको चुनाव लड्न चाहेका छन् । जसपा नेता हरिनारायण यादव पनि टिकटका आकांक्षी छन् । उनी निकट कार्यकर्ताले नै नवप्रवेशीलाई टिकट दिन नहुने भन्दै विरोध गरेका हुन् ।

यो क्षेत्रबाट २०७४ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?