+
+

माधव नेपालको दावी : संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना मेरो नेतृत्वमा भयो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १६:०८

१९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दावी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।

गणतन्त्रको पक्षमा काँग्रेस नरहेको, माओवादी भित्र पनि सांस्कृतिक राजाको कुरा भइरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रिय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उनले बताए ।

अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिष्टहरुले कहिल्यै पनि भुल्न नहुने पटक पटक दोहोर्‍याए ।

उनले भने, ‘२०६२ सालको असार र साउन महिनामा बसेको तत्कालीन एमालेको केन्द्रिय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गर्‍यो । हामीले नै गणतन्त्र ल्याउनका लागि बुटबलबाट आन्दोलनको नेतृत्वका गरेका थियौं । धर्मेन्द्रजीले राष्ट्रपतिको उम्मेदवार घोषणा गर्नु भयो । एउटा निर्वाचन क्षेत्रमा त जितेर देखाउनु पर्‍यो । एउटा निर्वाचन क्षेत्रमा तपाई जित्न सक्नु हुन्न, एउटा जिल्लामा तपाई जित्न सक्नुहुन्न भ भने अनि अहिले नै राष्ट्रपतिको निम्ति आकांक्षा नराख्नुस् ।’

अध्यक्ष नेपालले निर्वाचनमा भाग लिई जितेर देखाउन पनि नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई चुनौती दिए । तर, चुनाव जित्न नसक्ने अनि राष्ट्रपतिको उम्मेदवार आफू हो भन्न बास्तोलाले नमिल्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले समाजवादको मार्ग तय गर्नका लागि जनतामा जागरण ल्याउनुपर्ने धारणा समेत राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?