+
+

गुल्मी १ मा ज्ञवाली र २ मा विष्टसहित ३ जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १३:३९

१९ भदौ, गुल्मी । नेकपा एमालेले गुल्मी क्षेत्र नम्बर–१ मा प्रदीपकुमार ज्ञवालीलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर १ कमिटीको रिडीमा बसेको भेलाले ज्ञवालीलाई सर्वसम्मत उम्मेदवार बनाउने सिफारिस गरेको नेकपा एमाले केन्द्रिय सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले बताए ।

ज्ञवाली ०५६ सालदेखि ०७४ सालसम्ममा तीन पटक निर्वाचित भएका छन् । उनी ०७० सालमा भने नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीसँग पराजित भएका थिए ।

गुल्मी क्षेत्र नम्बर–२ मा गोकर्णराज बिष्ट सहित ३ जनाको नाम सिफारिस भएको छ । नेकपा एमाले क्षेत्र नम्बर–२ को भेलाले गोकर्णराज बिष्टका अलवा राजेन्द्र अर्याल र शेषकान्त गौतमलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

सिफारिस भएकामध्ये बिष्ट ३ पटकसम्म निर्वाचित सांसद हुन् । बिष्ट ०५६ सालदेखि ०७४ सालसम्मा ३ पटकसम्म निर्वाचित भएका हुन् ।

बिष्ट ०६४ सालमा माओवादी केन्द्रका सागर थापासँग पराजित भएका थिए । सिफारिस भएकामा राजेन्द्र अर्याल प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष हुन् भने शेषकान्त गौतम एमाले गुल्मीका नेता हुन् ।

क्षेत्र नम्वर २ को (क) प्रदेश सदस्य उमेदवारमा गणेश श्रीपाली, डिल्लिराज भुसाल, सोमनाथ सापकोटा, सिता भण्डारी, प्रकाश काफ्लेको नाम सिफारिस भएको छ ।

प्रदेश (ख) मा नेकपा एमाले केन्द्रिय सदस्य दिनेश पन्थी, जमुना पन्थी, सन्तोष लम्साल, खिमान्नद भण्डारी, लोकबहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेको नेकपा एमाले गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?