+
+

एक सातामा ११ अर्ब थपियो वाणिज्य बैंकहरुको निक्षेप

लगातार घट्दो क्रममा रहको बैंकहरुको निक्षेपमा पछिल्लो साता भने सुधार भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १२:४९

२० भदौ, काठमाडौं । लगातार घट्दो क्रममा रहको बैंकहरुको निक्षेपमा पछिल्लो साता भने सुधार भएको छ । गत साता (१० देखि १७ भदौ) वाणिज्य बैंकहरको निक्षेप ११ अर्बले वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

२०७९ असार मसान्तमा ४५ खर्ब ४१ अर्बसम्म पुगेको वाणिज्य बैंकहरुको निक्षेप २७ साउनमा ४४ खर्ब २१ अर्बसम्म झरेको थियो । त्यसपछि ३१ साउनमा बढेर ४४ खर्ब ३३ अर्बसम्म पुगेको भएपनि ३ भदौमा घटेर ४४ खर्ब २६ अर्बमा झर्‍यो । १० भदौमा पनि ४४ खर्ब २६ अर्ब नै रहेको निक्षेप १७ भदौमा आउँदा ४४ खर्ब ३७ अर्ब पुगेको नेपाल बैंकर्स संघले जनाएको छ ।

पछिल्लो साता बैंकहरुको कर्जा लगानी भने स्थिर जस्तै देखिएको छ । १० भदौसम्म वाणिज्य बैंकहरुको कर्जा ४१ खर्ब ७९ अर्ब ५५ करोड रहेकोमा १ अर्ब ६७ करोडले वृद्धि भएर ४१ खर्ब ८१ अर्ब २२ करोड पुगेको छ । निक्षेपमा सुधार भएसँगै वाणिज्य बैंकको औसत सीडी रेसियो ८८.२५ प्रतिशत झरेको छ । १० भदौमा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.४२ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?