+
+

केन्यासँगको एकदिवसीय क्रिकेट सिरिज नेपालद्वारा क्लिन स्वीप

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १९:४८

२० भदौ, काठमाडौं । नेपालले केन्यासँगको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्वीप गरेको छ ।

तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा घरेलु टोलीलाई ६ विकेटले हराउँदै नेपालले सिरिज क्लिन स्वीप गरेको हो ।

नेपालले जितका लागि पाएको २५६ रनको लक्ष्य ४७.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपाललाई जिताउन ओपनरद्वय अर्जुन साउद र आसिफ शेख तथा बसिर अहमदले अर्धशतकीय पारी खेलेका थिए ।

साउद ५८ तथा शेख ५६ रनमा आउट भए भने अहमद ५२ रनमा नट आउट रहे । नट आउट रहेका अर्का ब्याट्सम्यान रोहितकुमार पौडेलले ४६ रन बनाए । ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट भए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको छ ।

केन्याको कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए । लुकास डन्डासन ५९ रनमा नट आउट रहे भने सुखदेव सिंह ३७ रनमा आउट भए ।

नेपालका सोमपाल कामी र अदिल अन्सारीले समान २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?