+
+

भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्रीसँग भेटे, अग्निपथबारे कुरै भएन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते १६:३८

२१ भदौ, काठमाडौं । भारतको स्थल सेनाका प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेटेका छन् । तर भेटका क्रममा भारतीय सेनाले अघि सारेको अग्निपथ योजनाबारे कुनै छलफल भएन ।

भारतीय सेनाले चार वर्षका लागि सैनिक भर्ना गर्ने गरी ‘अग्निपथ योजना’ अघि सारेको छ । नेपाली गोर्खा सैनिकको भर्ना पनि यही प्रक्रिया अनुरुप हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

नेपालले यस विषयमा लिखितरुपमा जानकारी माग्दै तत्काललाई अग्निपथ योजना अनुसार नेपाली युवाको भर्तीलाई रोकेको छ । यो पृष्ठभूमिमा प्रधानमन्त्री देउवा र भारतीय सेना प्रमुखको भेटमा अग्निपथ योजनाबारे कुराकानी हुनसक्ने भनिएको थियो ।

तर यो विषयमा कुनै छलफल नभएको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले अनलाइनखबरलाई बताए । ‘यो सैन्य नेतृत्वभन्दा पनि राजनीतिक र कुटनीतिक तहमा छलफल गर्ने भन्ने भएकाले कुरा नउठेको हो,’ उनले भने, ‘सामान्य शिष्टाचार भेट मात्र भएकाले पनि अग्निपथबारे कुराकानी हुने कुरा थिएन ।’

भेटमा प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच सैन्यरुपमा संसारकै फरक सम्बन्ध रहेको बताए । एकअर्काको देशमा मानार्थ महारथिको सम्मान दिने परम्परालाई उल्लेख गर्दै देउवाले नेपाल र भारतको सेनाबीच फरक सम्बन्ध रहेको बताएका हुन् ।

उनले जनरल पाण्डेलाई मानार्थ महारथीको सम्मान प्राप्त गरेकोमा बधाई समेत दिए । पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?