+
+

दक्षिण कोरियाले दिने ८ मिलियन डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १९:०१
ज्ञानेन्द्रबहादुर कार्की/फाइल तस्वीर

२२ भदौ, काठमाडौं । नेपाल सरकारले दक्षिण कोरियाबाट फर्केका श्रमिक कामदारहरुको स्थिर पुनःएकीकरणसम्बन्धी आयोजना सञ्चालनका लागि प्राप्त हुने ८ मिलियन अमेरिकी डलर (करिब १ अर्ब रुपैयाँ) बराबरको अनुदान सहायता स्विकार गर्ने निर्णय गरेको छ ।

२१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण कोरिया सरकारबाट उक्त अनुदान सहायात स्वीकार गर्ने निर्णय गरेको नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

यस्तै मंगलबारकै मन्त्रिपरिषद् बैठकले निजीकरण समितिको सदस्यमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी र नेकपा एकीकृत समाजवादीका सांसद कृष्णलाल महर्जनलाई मनोनित गर्ने निर्णय गरेको उनले बताए ।

मन्त्रीपरिषद् बैठकले नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति र सहसचिव स्तरीय अन्तर सरकारी उपसमिति बैठकका लागि वार्ता टोली गठन गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?