+
+

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १२:४८

२३ भदौ, काठमाडौं । बिहीबार सुनको मूल्य तोलामै ८ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार रुपैयाँले घटेको सुनको मूल्य बिहीबार भने ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ र तेजाजी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार र तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार १३५ रुपैयाँ तोकिएको छ । बुधबार चाँदीको मूल्य १ हजार ११० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?