+
+

पाँच दिने नेपाल भ्रमण सकेर फर्किए भारतीय सेनाध्यक्ष पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १८:३३

२३ भदौ, काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन् ।

सेनाध्यक्ष पाण्डे र उनकी पत्नी अर्चनालाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की र उनकी श्रीमती मनिषा कार्कीले बिदाइ गरे ।

नेपाल र भारतका सेनाध्यक्षहरुलाई एक अर्का देशको मानार्थ महारथीको दर्जा दिने परम्परा अनुसार पाण्डेलाई २० भदौमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् । २० गते नै पाण्डेको सम्मानमा प्रधान सेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा रात्रीभोज आयोजना गरेका थिए ।

भ्रमणका क्रममा पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । त्यस्तै उनले जङ्गी अड्‍डामा प्रधान सेनापति प्रभुराम शर्मसँग औपचारिक भेटवार्ता गरे । उक्त भेटवार्ताका क्रममा दुई देशको आपसी सुरक्षा चासोका विषयहरुमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

पाण्डेले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको समेत भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?