+
+

सृष्टि राणालाई २१ दिनभित्र कर्जा तिर्न लालीगुराँस सहकारीको ताकेता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १४:०४

२४ भदौ, काठमाडौं । ललितपुरको लालीगुराँस बहुउद्देशीय सहकारी संस्थाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकी छोरी सृष्टिलाई २१ दिनभित्र कर्जा तिर्न भनेको छ । तोकिएको सीमाभित्र नतिरेमा धितो लिलाम बिक्री गर्ने चेतावनी सहकारीले दिएको छ ।

सृष्टिले व्यापारिक कर्जा शीर्षकमा सहकारीबाट ऋण लिएकी थिइन् । सृष्टि पूर्वगभर्नर तिलकबहादुर रावलकी बुहारी हुन् । पूर्वगभर्नर रावलका छोरा विनय रावल उक्त कर्जाको लागि जमानत बसेको सहकारीले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

सहकारीले जारी गरेको सूचनामा सम्झौताअनुसार समय–समयमा बुझाउनुपर्ने सावाँ, ब्याज र अन्य दस्तुर नतिरेको तथा सम्पूर्ण कर्जाको भाखा नाघेकाले २१ दिनभित्र चुक्ता गर्न भनिएको छ । ऋणी तथा जमानी सदस्यलाई सम्पूर्ण कर्जा रकम चुक्ता गर्न पटक–पटक मौखिक तथा लिखित रुपमा ताकेता गर्दा पनि संस्थाको कर्जा चुक्ता गर्नेतर्फ चासो नदेखाई बेवास्ता गरेको सहकारीको सूचनामा उल्लेख छ ।

‘यस संस्थाका ऋण तथा असुली सम्बन्धी विनियमावली, संस्थाको विनियम तथा सहकारी ऐन २०७४, नियमावली २०७५ ले दिएको अधिकार प्रयोग गरी ऋणी तथा जमानीको फोटोसहितको विवरण खुलाई पुनः ३५ दिने सूचना प्रकाशित गरी संस्थाको नाममा दृष्टिबन्धकी पारित गरी दिएको धितो (घरजग्गा) लिलाम बिक्री गरी सम्पूर्ण कर्जा रकम असुल उपर प्रक्रिया अगाडि बढाइनेछ,’ सहकारीले प्रकाशित गरेको सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?