+
+

सोमबार फिल्म हल बन्द गर्ने निर्णय फिर्ता, वार्ता समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १७:५२

काठमाडौं । नेपाल चलचित्र संघले साेमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ । शुक्रबार नेपाल चलचित्र निर्माता संघसँगको छलफलमा यस्तो सहमति भएको हो ।

चलचित्र संघको विशालनगरस्थित कार्यालयमा भएको द्विपक्षीय वार्तामा दुवै संघका महासचिवको नेतृत्वमा ५/५ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय पनि भएको छ । वार्ता समिति गठनसहित सहमति र सहकार्य गर्दै अघि जाने तथा दुवै संस्थाले आफ्ना सदस्यलाई संयमित बनाउने सहमति पनि जुटेको छ ।

आगामी दिनमा हरेक समस्या छलफलका माध्यमबाट समाधान गर्ने निर्णय पनि भएको छ । वार्तापछि जारी संयुक्त विज्ञप्तिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव सुनिलकुमार थापाले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?