+
+

स्कुटरको लाइसेन्स बनाउन अर्काको ट्रायल दिएको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १८:४१

२४ भदौ, पोखरा । स्कुटरको लाइसेन्स बनाउन अर्काको ट्रायल दिएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भई पोखरा ८ सभागृह चोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा र तनहुँ घर भइ पोखरा १७ बस्ने निरा रानाभाट रहेका प्रहरीले जनाएको छ ।

रानाभाटले तनहुँको भानु-२ कि मञ्जु पाण्डेको  सट्टामा नक्कली परीक्षार्थी बनेर ट्रायल दिन विश्वकर्मालाई पठाएको प्रहरीको आरोप छ ।

उनीहरू दुवै जनालाई जिल्ला अदालत कास्कीबाट  शिक्षा ऐन सम्बन्धी कसुरमा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?