+
+

नेपाल टी-२० लिगका टिमले पाए मार्की प्लेअर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २५ गते १५:५०

२५ भदौ, काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको नेपाल टी-२० लिगको मार्की प्लेअर घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार ड्राफ्टबाट सहभागी ६ टिमका लागि मार्की प्लेअर छुट्याएको हो । जसमा आसिफ शेख पोखरा एभेन्जर्स, दीपेन्द्र सिंह ऐरी लुम्बिनी अल स्टार, ज्ञानेन्द मल्ल कान्तिपुर क्यापिटल, करण केसी फार वेस्टर्स युनाइटेड, रोहित कुमार पौडेल विराटनगर सुपर किंग्स र सोमपाल कामी जनकपुर रोयल्समा अनुबन्धित भएका छन् ।

यी सबै खेलाडीले १५ लाख रुपैयाँ पाउनेछन् । मार्की प्लेयर घोषित सबै खेलाडी क्याटेगोरी ए का हुन् ।

पोखराले ड्राफ्ट (खेलाडी अनुबन्धन प्रक्रिया) बाट क्याटेगोरी ए का अर्का खेलाडी शरद भेषावकरलाई पनि अनुबन्ध गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

क्याटेगोरी ए मा भएकामध्ये आरिफ शेख, कुशल भुर्तेल, विनोद भण्डारी, अविनाश बोहरा र सुवास खकुरेल भने बी क्याटेगोरीमा झरेका छन् ।

टी-२० लिगको ड्राफ्टमा ९२ जना थिए । त्यसमध्ये पहिलो दिन टिमहरुले ७ खेलाडी लिए । अब बाँकी ड्राफ्ट दोस्रो दिन आइतबार हुने क्यानले जनाएको छ ।

नेपाली खेलाडी शरेक टिमले ११-११ जना लिनेछन् । कूल ६६ खेलाडी ६ टिममा अनुबन्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?