+
+

काठमाडौं म्याराथनमा हरि पहिलो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २५ गते १६:५३

२५ भदौ, काठमाडौं, त्रिभुवन आर्मीका हरिकुमार रिमालले १४ औं काठमाडौं म्याराथन जितेको छन् । उनले निर्धारित दूरी २ घण्टा ४० मिनेट र ४० सेकेन्डमा पूरा गरे । यससँगै हरिले एक लाख रुपैयाँ प्राप्त गरे ।

दौडमा आर्मीकै जुनेश खड्का दोस्रो र एपीएफका राजन चौधरी तेस्रो भए । जुनेशले २ घण्टा ४२ मिनेट ५९ सेकेन्डमा दौड पूरा गरे र ५० हजार जिते । यस्तै राजनले भने दौड २ घण्टा ५५ मिनेट ४७ सेकेन्डमा सम्पन्न गरे र उनले २५ हजार रुपैयाँ पुरस्कार हात पारे ।

पुरुषतर्फको हाफ म्याराथनमा पर्वतका सुवास गुरुङ १ घण्टा १५ मिनेट र २१ सेकेन्डमा पहिलो, आर्मीका नवराज बुढा १ घण्टा २२ मिनेट र २२ सेकेन्डमा दोस्रो तथा आर्मीकै देवराज वस्नेत १ घण्टा २५ मिनेट र ४७ सेकेन्डमा तेस्रो भए ।

महिला हाफ म्याराथनमा पुलिसकी रेखा विष्ट १ घण्टा २६ मिनेट र ४० सेकेन्डमा पहिलो, धादिङकी लक्ष्मी थापा १ घण्टा ४६ मिनेट र ५८ सेकेन्ड तथा दोलखाकी तिलिमाया राउत २ घण्टा ५ मिनेट र ५६ सेकेन्डमा तेस्रो भए । यस विधामा पुरुष र महिला दुवैतर्फ पहिलोले ५०, दोस्रोले २५ र तेस्रोले १० हजार रुपैंया हात पारे ।

पुरुष ३ किलोमिटर दौडमा एपीएफका राजेन्द्र तामाङले ११ मिनेट १७.३७ सेकेन्डको समयमा पहिलो भए । यस्तै अभिषेक पञ्चकोटी ११ मिनेट ३४.३७ सेकेन्डमा दोस्रो तथा आर्मीका यमराज खत्री ११ मिनेट ४१.३७ सेकेन्डमा तेस्रो भए ।

महिलातर्फ दोलखाकी अन्जु खड्का १४ मिनेट ५.७ सेकेन्डमा पहिलो भइन् । मनिषा गिरी १५ मिनेट ५५.५ सेकेन्डमा दोस्रो तथा ललितपुरकी श्रेबी महर्जन १८ मिनेट ५४.७ सेकेन्डमा तेस्रो भइन् ।

स्कुले छात्र ३ किलोमिटर दौडमा प्रविन लिम्बू, होयगल लामा र अरबिन खत्री शीर्ष तीन स्थानमा रहे । छात्रातर्फ यसै स्पर्धामा अन्युशा आचार्य पहिलो, भावना नाथ दोस्रो तथा प्रकृति वस्नेत तेस्रो भए ।

तीन किलामेटर मास्टर्स पुरुष दौडमा धर्म महर्जन, मनिन महर्जन दोस्रो तथा भीमबहादुर गुरुङ तेस्रो भए । महिलातर्फ यसै स्पर्धामा इमला प्रधान पहिलो भइन् ।

यस्तै ३ किलोमिटर ह्विलचेयर दौडमा रामकाजी मिजार, दीपक श्रेष्ठ र अर्जुन डुङ क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थानमा रहे । महिलातर्फ यामीझाक्री मगर पहिलो र लक्ष्मी घिमिरे दोस्रो भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?