+
+

कपनमा खहरे बग्ने बित्तिकै गाली मैले खान्छु : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १९:२४

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबी खोला कोरिडोरको कपन-बुढानीलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गरेका छन् ।

प्रश्तावित धोबिखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियामा महामन्त्री थापाले धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगपालिका, प्रदेश सरकार र काठमाडौं उपत्यका विकास प्राधिकरणले काम गरेको बताए ।

उनले भने,  ‘एउटै आयोजनामार्फत बाढी नियन्त्रण गर्ने योजना बनाउनुपर्छ । स्थानीय तह, प्रदेशले छुटै काम गर्नुहुँदैन ।’

यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउन साथ सबभन्दा धेरै गाली खाने गरेको उनले सुनाए । ‘यो क्षत्रमा सबैभन्दा बढी गाली खाने मान्छे म हुँ । कपनमा पानी आएर खहरे बग्ने बित्तिकै सबैभन्दा बढी गाली मैले खान्छु, ’ काठमाडौं-४ का सांसद समेत रहेका थापाले भने ।

कोरिडोर बनाउने क्रममा खोलाको बहावलाई नियन्त्रण गर्ने गरी मात्रै नभई बनाएका घरहरुको समेत संरक्षण कसरी गर्ने सोच्नुपर्ने उनले बताए । उनले भने, ‘बाहिरबाट आएमा मानिसहरुले २ आना, ५ आनामा घर बनाउनु भएको छ । लालपूर्जा छ, वर्षैपिच्छे कर तिर्नुभएको छ । उहाँहरु वैधानिक रुपमा बस्नुभएको छ ।’

कार्यक्रममा शहरी विकासमन्त्री मेटमणि चौधारीले कपन-बुढानीलकण्ठ डुबान नियन्त्रणका लागि छुट्टै आयोजना बनाएर काम गर्ने बताए ।

संसद थापाको पहललाई शहरी मन्त्रालयले शत प्रतिशत सहयोग गर्न तयार रहेको भन्दै उनले भने, ‘अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छुटै आयोजना बनाएर कोरिडोर बनाउने प्रस्ताव पास हुन्छ । कोरिडोरलाई विवादित बनाउने भन्दा पनि समस्या समाधान गर्ने कुरा गरौं । जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नुहुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?