+
+

लगनखेलको मञ्जुश्री पेट्रोल पम्प हटाउँदै ललितपुर महानगर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १४:२८

२६ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल सेन्टर हटाउन सुरु गरेको छ ।

महानगरकै जग्गामा रहेको पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो । तर महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान चलाएपछि १२ नम्बर वडामा रहेको उक्त पेट्रोल पम्प हटाउन थालिएको महानगरले जनाएको छ ।

महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोली लगनखेल पुगेर पेट्रोल सेन्टरमा भएको इन्धन खाली गराउँदैछ ।

मञ्जुश्री पेट्रोलपम्पलाई ६ महिना अगाडि नै मापदण्ड विपरीत रहेको भन्दै हटाउन सूचित गरेता पनि नटेरकोले हटाउन बाध्य भएको महानगरले जनाएको छ । महानगरले पेट्रोल पम्प सिल गर्दै सञ्चालनमा रोक लगाएको छ ।

महानगरपालिकाले फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना दशैंसम्ममा भत्काउन १७ भदौमा निर्देशन दिएको थियो । महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको थियो ।

ललितपुर महानगरपालिकाले लगनखेलस्थित आफ्नै भवनमा नियम विपरीत बनाएको संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरेको थियो । ठेक्कामा दिएको उक्त भवनमा फुटपाथसम्म ओगटेर नियम विपरीत क्वालिटी क्याफे सञ्चालनमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?