+
+

सिर्जनशील लघुवित्तको आईपीओ बाँडफाँट, १८ लाख आवेदकले पाएनन् सेयर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १२:०९

२७ भदौ, काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ ।

सोमबार बिहान लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथाबाट बाँडफाँट गर्दा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको सनराइज क्यापिटलले जनाएको छ।

लघुवित्तले १५ देखि १९ भदौसम्म प्रतिकित्ता १०० अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत आर्थत ५४७० कित्ता सेयर कर्मचारीहरुलाई र पाँच प्रतिशत अर्थात १९, ६९० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहने तीन लाख ६८ हजार ५९० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन माग गरेको थियो ।

उक्त आईपीओमा १८ लाख ३८ हजार ७५१ आवेदन परेको थियो। जसमध्ये एक हजार ३१५ आवेदन रद्द भएका हुँदा १८ लाख ३७ हजार ४३६ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ । सोहीमध्ये गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर प्राप्त गर्दा १८ लाख भन्दा बढीले सेयर प्राप्त गर्न सकेनन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङस् नेपालले लघुवित्तलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको लगानी समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा ६ करोड ५७ लाख ४० हजार सञ्चित नाफामा रहेको छ ।

लघुवित्तको अधिकृत पुँजी २० करोड रुपैयाँ, जारी पुँजी १० करोड ९३ लाख रुपैयाँ ७५ हजार र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ ।

आईपीओ निष्कासन पश्चात लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?