+
+

सामाजिक सञ्जालबाट ‘गायब’ भइन् पूजा, खेदो खनिएको भन्दै असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते ११:३४

काठमाडौं । अभिनेत्री पूजा शर्मा सामाजिक सञ्जालबाट एकाएक गायब भएकी छन् । उनका आधिकारिक फेसबुक, टिकटक र इन्स्टाग्राम अकाउन्टहरु सबै निष्क्रिय छन् ।

‘सम्हालिन्छ कहिले मन’ प्रवर्द्धन गर्न एक सातासम्मै हल दौडाहामा खटेकी पूजा केही दिनदेखि भर्चुअल प्लेटफर्मबाटै हराएकी हुन् । फ्यानहरुले सामाजिक सञ्जालमा उनीबारे सोधीखोजी गरेपछि उनी यी प्लेटफर्मबाट टाढा भएको खुलेको हो ।

सामाजिक सञ्जालबाट विश्राम लिनुअघि फेसबुकमा एक स्टाटस लेख्दै पूजाले आफूलाई खेदिएको भन्दै दुःख व्यक्त गरेकी थिइन् । राम्रो काम गर्दा पनि नराम्रो गरेको भन्दै विरोध गरिएकोप्रति उनले असन्तुष्टि जनाएकी थिइन् ।

निकट स्रोतका अनुसार पूजा केही महिना सामाजिक सञ्जालबाट अलग हुनेछिन् । अनमोल केसीलाई लिएर निर्माण गर्न लागेको एक नयाँ फिल्मको घोषणासँगै सामाजिक सञ्जालमा उनी फर्कने चर्चा छ ।

साथै, उनी ललितपुरको झम्सिखेलमा एक व्यवसाय सुरु गर्दैछिन् । ‘उनी यी दुई प्रोजेक्टलाई अब समय दिन चाहन्छिन् र फिल्म घोषणापछि मात्र सामाजिक सञ्जालमा आउने कुरा छ,’ स्रोतले भन्यो ।

खेदो खनिएको भन्दै अभिनेत्री सुष्मा कार्की पनि केही महिनाअघि सामाजिक सञ्जालबाट गायब भएकी थिइन् । स्पाइडरम्यान अभिनेता टम हल्यान्डले पनि मानसिक स्वास्थ्यको ख्याल गर्नुपर्ने आवश्यकता भएको भन्दै गत महिना सामाजिक सञ्जालबाट अलग हुने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?