+
+

निश्चलको आक्रोश : ज्यानभन्दा ठूलो भीआईपीको सवारी हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १४:१०
भीआईपीको सवारीका कारण जाममा परेको एम्बुलेन्स । तस्वीर : निश्चल बस्नेतको फेसबुकबाट

काठमाडौं । भीआईपीको सवारीका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि सेलिब्रिटी समेत क्रुद्ध बनेका छन् ।

फिल्म निर्देशक निश्चल बस्नेतले त ट्राफिकले एम्बुलेन्सलाई रोक्नु गलत भएको बताएका छन् । ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको नहुने बताउँदै ‘लुट’ फेम्ड निर्देशकले फेसबुकमा यसबारे क्याप्सन लेख्दै विरोध गरेका छन् ।

उनी लेख्छन्, ‘कसैले ती भीआईपीलाई सुनाइदिनु । तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रा भीआईपीहरुले एम्बुलेन्सभित्र छटपटाइरहेको ज्यान समेत दाउमा राखेका छन् । जति नै ठूलो मान्छे आए पनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनुभएन, ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको हुनु हुँदैन ।’

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु यतिबेला चारदिने नेपाल भ्रमणमा छन् । उनको सवारी तालिकाका कारण मंगलबार काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ भने सर्वसाधारणलाई कठिन भएको छ ।

मंगलबार बेलुकासम्मै ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने ट्राफिक प्रहरीले जनाएको छ । सामाजिक मुद्दामा चासो राख्ने निर्देशक निश्चल बस्नेत एक नयाँ फिल्मको तयारीमा छन् । उनले होम प्रोडक्सनबाट फिल्म ‘जिन्दावाद’ निर्देशन गर्ने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?