+
+

निर्वाचन आयोगको व्‍याख्याले प्रतिनिधिसभालाई रिक्तताको स्थितिमा लैजान्छ : देव गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १५:५७

२८ भदौ, काठमाडौं। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले निर्वाचन आयोगको व्‍याख्याले प्रतिनिधिसभालाई रिक्तताको स्थितिमा लैजाने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै महासचिवल गुरूङले आयोगको व्‍याख्याले प्रतिनिधिसभालाई रिक्तताको स्थितिमा लैजाने बताएका हुन् ।

उनले भने, ‘निर्वाचन आयोगको व्‍याख्याले प्रतिनिधिसभालाई रिक्तताको स्थितिमा लान्छ । यो संविधानको भावनासँग मेल खादैन । संविधानको भावनामा प्रतिनिधिसभा अविछिन्न उत्तराधिकार नयाँ आएपछि पुरानोलाई विस्थापित गर्छ भन्ने हो ।’

उनले अब प्रतिनिसभाको कार्यकालबारे संसद सचिवालयले टुंगो लगाउनु पर्ने बेला आइसकेको बताए । उनले भने. ‘अब प्रतिनिसभाको कार्यकालबारे संसद सचिवालयले टुंगो लगाउनुपर्छ ।निर्वाचन आयोगले भने अनुसार नै हो भने सार्वभौम संसद कहाँ रह्यो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?