+
+
Shares

पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौं : देव गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते ११:५३
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ । फाइल फोटो

१९ वैशाख, पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् ।

शुक्रबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका गुरूङले सो कुरा बताएका हुन् । उनले छानबिनका लागि माओवादी पार्टीले सरकारलाई पूर्ण सहयोग गर्ने समेत बताए ।

सरकारका असंवैधानिक गतिविधिमा मात्र खबरदारी गर्ने तर सुशासन र राष्ट्रियताको मुद्दामा सरकारको साथमा रहने उनले बताए ।

‘सरकारले चालेका असंवैधानिक गतिविधिमा मात्र हामी प्रतिपक्ष बन्छौं,’ उनले भने, ‘सुशासन, राष्ट्रियताका मुद्दा र व्यवस्थाको विषयमा हामी सरकारसँग प्रतिपक्ष हौं भनेका छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?