+
+

वाणिज्य विभागको महानिर्देशकमा महेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १३:४७
महेश भट्टराई

२९ भदौ, काठमाडौं । सरकारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जम्मेवारी महेश भट्टराईलाई दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि भट्टराईलाई अर्थ मन्त्रालयबाट उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको थियो ।

भट्टराई यसअघि अर्थमन्त्रालय मातहतको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख थिए । विमानस्थल भन्सारमा १० महिना काम गरेका उनले झिटीगुन्टाको सुन दुरुपयोग रोक्न नतिजामुखी काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?