+
+

बहराइनसँग नेपाल ६–० ले पराजित, प्रतियोगिताबाट बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते ११:०६

३० भदौ, काठमाडौं । एएफसी यू–२० एसियन कप छनोट अन्तर्गत बुधबार राति भएको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ६–० ले पराजित भएको छ । लगातार तेस्रो हार व्यहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा बहराइनलाई जित दिलाउन अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे । यस्तै कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक–एक गोल गरे ।

पहिलो खेलमा बंगलादेशसँग बराबरी खेलेको बहराइनको छनोटमा यो पहिलो जित हो । बहराइनले दुई खेलबाट ४ अंक जोडेको छ ।

लगातार तेस्रो हारपछि अंकविहीन रहेको नेपाल पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा भुटानसँग नेपाल २–० ले पराजित भएको थियो । दोस्रो खेलमा कतारले नेपाललाई ३–१ ले हराएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?