+
+

सरकारको खातामा ३ खर्ब मौज्दात

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १७:३७

३० भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) सकिंदासम्म सरकारको खातामा ३ खर्ब रुपैयाँ मौज्दात रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले सरकारका खातामा २ खर्ब ९४ अर्ब २५ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । यो रकम प्रदेश र स्थानीय तहका सरकारको खातामा रहेको रकम समेत जोड्दा आएको हो । २०७९ असार मसान्तसम्म सरकारका खातामा २ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ मौज्दात थियो ।

सरकारले पहिलो महिना पूँजीगत खर्च मात्र १ अर्ब ४८ करोड गर्न सकेको छ । चालु खर्च ५ अर्ब ६६ करोड हुँदा वित्तीय व्यवस्थामा १५ अर्ब १२ करोड रुपैयाँ खर्च गर्न सकेको छ । यसले सरकारको कुल खर्च २२ अर्ब २६ करोड रुपैयाँ मात्र भएको देखिएको छ । यस आवमा सरकारले राजस्व परिचालनबाट ७९ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसमा प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने रकम समेत समावेश रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?