+
+

ग्लोबल आईएमई बैंकको दशैं अफरमा ३३.३३ प्रतिशत क्यासब्याक पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १८:५३

काठमाडौं । ग्लोबल आईएमई बैंकको एससीटी डेबिट कार्ड प्रयोगकर्ताले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् ।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् ( एससीटी ) सँगको सहकार्यमा दशैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित ‘एससीटी तथा यूपीआई’ कार्डको ‘दमदार दशैं धमाका थ्री–डी’ अफर अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ ।

यो योजना अनुसार कुनै पनि प्वाइन्ट अफ सेल ( पीओएस) टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात (अधिकतम १ हजार रुपैयाँ) सम्म क्यासब्याक पाउने बै‌ंकले जनाएको छ ।

यस योजना पश्चात एससीटी कार्ड होल्डर ग्राहकहरूलाई एससीटी कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकको भनाइ ले जनाएको छ ।

बैंकका अनुसार १ असोजदेखि दशैंभर चल्ने यो योजनामा कम्तीमा ३ वटा पस (पीओएस) कारोबार गर्ने कार्ड होल्डरलाई ५०० रुपैयाँ तथा कम्तीमा ६ वटा पस (पीओएस) कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई  १ हजार क्यासब्याक प्रदान गरिने छ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा ५०० रुपैयाँको हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?