+
+

समानुपातिकको सूची बनाउन छलफलमा जुट्यो एमाले

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १ गते २०:०४

१ भदौ, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुको सूचि बनाउन नेकपा एमालेले छलफल थालेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास, बालकोटमा शनिबार बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले सिफारिस गर्नुपर्ने नामहरुको कानुन प्रबन्धबारे जानकारी गराएका थिए ।

उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार महासचिव पोखरेलले समानुपातिक सूचीको कुन क्लस्टरमा कति जनाको नाम बुझाउनुपर्छ भन्ने जानकारी गराएका हुन् । अर्को बैठक आइतबार विहान ११ बजे बैठक बस्नेछ ।

निर्वाचन आयोगले दलहरुले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची बुझाउन २ र ३ असोजको समय तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?