+
+

पदाधिकारीलाई प्रत्यक्ष चुनाव लडाउने राप्रपा नेपालको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १ गते २०:२१

१ भदौ, काठमाडौं । राप्रपा नेपालले पार्टीका पदाधिकारी र वरिष्ठ नेताहरुलाई प्रत्यक्ष चुनाव लडाउने भएको छ । पार्टी केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले पदाधिकारी तथा वरिष्ठ नेताहरु सकेसम्म प्रत्यक्ष चुनाव लड्ने निर्णय गरेको हो ।

महामन्त्री राजाराम बर्तौलाका अनुसार नेकपा एमालेसँग तालमेलका लागि पनि सम्वाद भइरहेकाले कोको चुनाव लड्ने भन्ने टुंगो भने भइसकेको छैन । राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्य लड्ने तयारीमा छन् ।

बर्तौलाका अनुसार बैठकमा अध्यक्ष थापाले तालमेलका लागि एमालेसँग भइरहको सम्वाद सकारात्मक रहेको बताएका छन् । यो एकाध दिनमा टुंगिन्छ, उनले भनेका छन् ।

बैठकले उपाध्यक्ष विष्णु भण्डारीले प्रस्तुत गरेको घोषणा पत्रलाई परिमार्जनसहित पास गरेको छ भने जिल्ला र प्रदेशबाट प्राप्त उम्मेदहरुको नामब अध्ययन गरी अन्तिम उम्मेदवार छनोट र्थो जिम्मा संसदीय बोर्डलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?