+
+

डा. राजीव झा र डा. मेधनाथ धिमाललाई नवप्रवर्तन पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १३:५४
बाँयाबाट डा. राजीव झा र डा. मेघनाथ धिमाल।

२ असोज, काठमाडौं । वीर अस्पतालका न्यूरो सर्जरी विभागका प्रमुख प्रा. डा. राजीव झा र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा. मेधनाथ धिमाल ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९’ बाट पुरस्कृत भएका छन् ।

शनिबार १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले डा. धिमाल र डा. झालाई उक्त पुरस्कारबाट सम्मानित गरेको हो । दुवै जनालाई स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएवापत पुरस्कार दिइएको हो ।

विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुरस्कार प्रदान गरेका हुन् । मन्त्रालयले डा. झा सहित १२ जनालाई पुरस्कृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?