+
+

नेपाल-अंग्रेज युद्धबारेको फिल्म ‘नालापानी’ हेरेपछि सेलिब्रिटी के भन्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १७:१७

काठमाडौं । कात्तिक ४ गते रिलिज हुने फिल्म ‘नालापानी’को विशेष प्रदर्शन गरिएको छ । फिल्म निर्माता, निर्देशक, गायक लगायतले फिल्म हेरेर प्रतिक्रिया दिए ।

फिल्ममा विशेष भूमिकामा अभिनय गरेका सन्तोष पन्तले देशलाई कसरी माया गर्ने भन्ने सन्देश फिल्मले दिने बताए । ‘हाम्रो इतिहासको कथा हो नालापानी । हाम्रो इतिहास बोकेको फिल्म भएकाले एकपटक हेर्नैपर्छ । यसले नेपालीलाई जगाउँछ,’ उनले भने ।

निर्माता तथा निर्देशक अशोक शर्माले ऐतिहासिक पृष्ठभूमिमा यसरी फिल्म बनाउनु भनेको चानचुने कुरा नभएको बताए । सीमित साधन स्रोतमा पनि आफ्नो देश बचाउनका लागि हाम्रा पूर्खाले कसरी युद्ध लडेका थिए भन्ने सन्देश फिल्मले दिएको भन्दै उनले दर्शकहरुलाई एकपटक फिल्म हेर्न आग्रह पनि गरे ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले देशको भूगोल जोगाउनका लागि हाम्रा पूर्खाले कसरी लडेका थिए भन्ने कुरा फिल्मले देखाएकोमा खुसी व्यक्त गरे ।

गायक राजेशपायल राईले हाम्रा पूर्खाहरु कति बहादुरी थिए भन्ने कुरा फिल्मले देखाएको र आगामी पुस्ताका लागि फिल्म एउटा शिक्षा बन्ने विश्वास व्यक्त गरे । फिल्म हेर्दा माटो र देशप्रतिको माया–सम्मान पाइने उनले बताए ।

हिमालयन टाइगरको रुपमा चिनिने पूर्व नेपाल आर्मी तथा नेपाली रेस्लर खेलाडी भरतबहादुर विसुरालले पनि फिल्म एकदमै राम्रो बनेको प्रतिक्रिया दिए । ‘फिल्म एकदमै राम्रो छ । म पनि आर्मीको मान्छे । ११ वर्ष सेवा गरें, लडाईं पनि लडें । त्यसबेला महिला पुरुषमा राष्ट्रप्रति कति प्रेम थियो भन्ने कुरा फिल्ममा देखाएको छ । अहिलेका मान्छेलाई त्यो शिक्षा हो,’ उनले भने ।

बलभद्र कुँवरले नालापानीमा लडेको युद्धमा फिल्म आधारित छ । फिल्मको विशेष शोमा बलभद्र कुँवरको पुस्ता पनि पुगेका थिए । बलभद्र कुँवरको पाँचौं पुस्ता तथा ‘नालापानीका नायक वीर बलभद्र’का लेखक रामराजा कुँवरले फिल्म समग्र नेपालीका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरे ।  फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?