+
+

नेपाल बैंकले ल्यायो मुद्दती खातामा आकर्षक प्याकेज

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १८:४५

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले मुद्दती खातामा आकर्षक प्याकेज ल्याएको छ । बैंकले हालै मात्र डबल धमाका मुद्दती खातामा ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरेको छ । ती खाताहरुलाई थप आकर्षित बनाएको समेत नेपाल बैंकले जनाएको छ । अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र ५ वर्ष ९ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले जनाएको छ । यसमा न्यूनतम २५ हजार रुपैयाँ भन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । यो योजनामा बैंकले ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पनि उपलब्ध गराउने भएको छ ।

संघ संस्थाहरुको लागि बैंकले नेपाल बैंक डबल धमाका मुद्दती खाता संस्थागत सञ्चालनमा ल्याएको छ । यसमा जम्मा गरेको रकम ७ वर्ष २ महिनामा नै दोब्बर हुने भएको छ । यसमा संस्थाहरुले १ लाख रुपैयाँभन्दा माथिको रकमको रकम जम्मा गर्न सक्ने भएका छन् ।

बैंकले विदेशमा कार्यरत नेपालीहरुका लागि नेपाल बैंक डबल धमाका मुद्दती खाता रेमिट्यान्स सञ्चालनमा ल्याएको छ । अबदेखि यो खातामा विदेशबाट प्राप्त रेमिट्यान्सको रकम जम्मा गर्दा मात्र ५ वर्ष ५ महिना नै सो रकम दोब्बर हुनेछ । यसमा न्यूनतम २५ हजार रुपैयाँ भन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । यी डबल धमाका मुद्दती खाता सिमित अवधिको लागि मात्र सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?