+
+

निर्वाचन आयोगमा सूची बुझाउन नेताहरू : काेही मुस्कानमा, कोही तनावमा (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ असोज ३ गते १७:२१

३ असोज, काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक पद्धतिको उम्मेदवारको सूची बुझाउन राजनीतिक दलका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

निर्वाचन आयोगले समानुपातिक पद्धतिको उम्मेदवारको बन्द सूची बुझाउन आइतबार र सोमबारको समय दिएको थियो । तर आइतबार सूची नबुझाएका दलहरु सोमबार अपरान्ह आयोग पुगेका छन् ।

निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी महाशाखा बाहिर आयोगका कर्मचारीहरु समानुपातिकतर्फको सूची बुझ्न बसेका छन् । दलका नेताहरुले समानुपातिक सूची बुझाएपछि उनीहरुले सूचीमा भएको नाम मतदाता नामावलीमा भएको वा नभएको रुजु गरेर मात्र सूची स्वीकार गर्ने गरेका छन् ।

सोमबार अपरान्ह नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरु, नेकपा माओवादी केन्द्रबाट महासचिव देव गुरुङसहितका नेताहरु, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आयोगमा पुगेका छन् ।

प्रतिनिधिसभामा समानुपातिक पद्धतिबाट ११० जना र ७ वटा प्रदेशसभामा २२० जना उम्मेदवार हुनेछन् । समानुपातिक पद्धतिमा मतदाताहरुले राजनीतिक दललाई मत दिनेछन् । राजनीतिक दलले पाएको मतको आधारमा बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट सांसद निर्वाचित हुनेछन् ।

उनीहरुमध्‍ये केही नेताहरु मुस्कानमा देखिएका छन् भने कोही नेताहरु अन्‍योलता र तनावमा देखिएका छन् ।

हेर्नुस् तस्वीरहरु :

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?