+
+

थप ९१ जनामा कोरोना संक्रमण, १६५ जना संक्रमणमुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १७:५७

३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४८८ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र १ हजार ४३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७४० जना पुगेको छ । पछिल्लो २४ घण्टामा १६५ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?