+
+

गोठाटार गोलीकाण्ड : लाल मोहमदको टाउको, छाती र कम्मरमा गोली लागेको देखियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १८:००

४ असोज, काठमाडौं । गोठाटारमा अपरिचित समूहबाट गोली हानी हत्या गरिएका लाल मोहमदको शरीरमा चार वटा गोली लागेको पाइएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा सोमबार भएको पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार उनको टाउको, छाती र कम्मरमा गरी चारवटा गोली लागेको पाइएको हो ।

अस्पताल स्रोतका अनुसार उनको टाउकोको दाहिनपट्टी दुई, दाहिने छाती र कम्मरमा एक÷एक राउण्ड गोली लागेको छ । सोमबार बेलुकी साढे ६ बजे मोटरसाइकलमा आएका तीन व्यक्तिमध्ये एकले उनलाई गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेका थिए ।

जोरपाटीबाट फ्याक्ट्रीको सामान लिएर आउँदा कारबाट ओर्लिने वित्तिकै उनीमाथि गोली प्रहार भएको थियो । घटनामा गम्भिर घाइते भएलगत्तै उनलाई शंकरापुर अस्पताल लगिएको थियो । अस्पताल पु¥याउँदा उनी बेहोस अवस्थामा थिए । अस्पतालका निर्देशक डा. रमेश ढकालका अनुसार अस्पतालमा उनलाई आधा घन्टा राखिएको थियो ।

‘रक्तश्राव रोकेर उनलाई रेफर गरिएको थियो,’ उनले अनलाइनखबरसँग भने, ‘श्वासप्रश्वास पनि समस्या थियो, कृतिम व्यवस्था गरेर पठाएका थियौं ।’ उनको प्रारम्भिक उपचारमा डा. सुनिल अधिकारीको टोली खटिएको थियो । उपचारमा संलग्न एक सदस्यका अनुसार त्यसबेला भ्यान्टिलेटरमा राख्नुपर्ने अवस्थामा मोहमद पुगिसकेका थिए ।

अस्पतालका अनुसार साँझ ७ बजे उनी शंकरापुर अस्पताल पुर्‍ याइएका थिए । इमर्जेन्सी बार्डको लगबुकमा उल्लेख भएअनुसार ७ः३५ बजे मोहम्मद त्यहाँबाट रेफर भएका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको सोमबार राति मृत्यु भएको थियो ।

गोली प्रहार गर्ने व्यक्ति घटनास्थलबाट नजिकै रहेको कोशीपारि गेष्ट हाउस एण्ड होटलमा बसेको पाइएको छ । तीनजना मध्ये एकको नाममा उनीहरुले कोठा लिएका थिए । होटलका एक कर्मचारीका अनुसार तीनमध्ये एकजना त्यहीँ नियमित बसेका थिए भने अरु बेलाबेला भेट्न आइराख्थे ।

प्रहरीले होटलको क्लोज सर्किट (सीसी) क्यामराको फुटेज संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?