+
+

गत वर्ष १३ हजार विद्यालयको भवन बनायौं : शिक्षामन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १९:१९

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ सम्ममा १३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको बताएको छ ।

मंगलबार मन्त्रालयमा आयोजित्र पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले १३ हजारभन्दा बढी सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारको निर्माण भएको जानकारी दिए ।

मन्त्री पौडेलले करिव २७ हजार सामुदायिक विद्यालयमध्ये १३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको जानकारी दिए । उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, पुनर्निर्माण प्राधिकरण, स्थानीय र प्रदेश सरकार, भारतीय दूतावास र विभिन्न दातृ निकायहरुबाट गरी विद्यालयको पूर्वाधार निर्माण भएको स्पष्ट पारे ।

उनले बाँकी विद्यालयहरुको पूर्वाधार निर्माण ३ वर्षभित्रमा पूरा गरिसक्ने लक्ष्य लिएको पनि बताए ।

विद्यालय शिक्षा सम्बन्धी विधेयक, उच्च शिक्षा सम्बन्धी विधेयक, प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धी विधेयक, राष्ट्रिय योग्यता प्रारुप सम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा सम्बन्धी विधेयकहरुको मस्यौदा तयार भइ सहमतिका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइएको पनि मन्त्री पौडेलले जानकारी दिए ।

त्यस्तै शिक्षक सेवा आयोग नियमावलीको ११ औं संशोधन लगायतका अन्य नीतिगत तथा कानूनी सुधारका काम पनि भएको मन्त्रालयले जनाएको छ ।

पढ्दै कमाउँदै कार्यक्रम १४० विद्यालयमा सञ्चालनमा आएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले ७७ वटै जिल्लाका कक्षा ५ सम्मका कुल ३२ लाख ४० हजार ६८८ जना बालबालिकाहरुलाई दिवा खाजा उपलब्ध गराउने व्यवस्था मिलाएको पनि उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?