+
+

नवललाई राजेशपायलको चुनौती : हिन्दी प्रेमगीत ३ हेर्छु, कोही छ मलाई राष्ट्रघाती भन्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १२:०५
फाइल तस्वीर

काठमाडौं । गायक राजेशपायल राई पछिल्लो समय टीभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा व्यस्त छन् । टीभीको पर्दामा पनि उनी बेलाबेलामा आफ्ना विचार राखिरहेका हुन्छन् ।

यतिबेला नेपाली मनोरञ्जन जगतमा हटकेक बनेको ‘प्रेमगीत ३’ विवादले पनि ‘राई इज किङ’लाई नछुने कुरै भएन । राजनीति, समाज र अन्य मामिलामा पनि चासो राखिरहने यी गायकले ‘प्रेमगीत ३’ विवादमा मुख खोलेका छन् ।

फेसबुकमा उनी लेख्छन्, ‘नेपालीमा त हेर्ने नै भएँ, हिन्दी भाषाको पनि हेर्छु । कोही छ मलाई राष्ट्रघाती भन्ने ?’ हिन्दी संस्करणको प्रेमगीत ३ लाई नेपाली भाषा सरह सुविधा माग गरिएपछि चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले प्रेमगीत ३ का निर्मातालाई देशद्रोही र राष्ट्रघाती बताएका थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बोलाएका छलफलमा खड्काले यी कुरा बोले पनि अहिलेसम्म उनी अभिव्यक्तिको अडानमा कायमै छन् । यस्तोमा खड्काको उक्त अभिव्यक्तिलाई चुनौती दिंदै गायक राईले यस्तो स्टाटस लेखेका हुन् ।

‘प्रेमगीत ३’को हिन्दी संस्करणको सेन्सर पनि अहिलेसम्म हुन सकेको छैन । चलचित्र विकास बोर्डले विदेशी फिल्मको जसरी प्रक्रिया गराएर मात्र सेन्सर गर्न सकिने बताएको छ ।

यो विवादलाई लिएर सेलिब्रिटी पक्ष र विपक्षमा विभाजित भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?