+
+

बार्सिलोनाले कमायो ८६ मिलियन पाउण्ड नाफा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १२:४४

५ असोज, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले गत आर्थिक वर्षमा ८६ मिलयन पाउण्ड नाफा कमाएको छ । यस्तै अर्को वर्ष २४० मिलियन पाउण्ड नाफा कमाउने क्लबले घोषणा गरेको छ ।

ला लिगाको आर्थिक नियमका कारण दुई वर्षअघि ४२२ मिलियन पाउण्ड घाटा हुँदा बार्सिलोनाले नयाँ खेलाडी दर्ता गर्न सकेको थिएन ।  तर क्लबले आर्थिक वर्ष २०२१-२२ मा ८९० मिलियन पाउण्डको कारोबार गर्दै ८६ मिलियन पाउण्ड नाफा कमाएको हो ।

आर्थिक प्रतिबन्धका कारण बार्सिलोनाले यो समर सिजनमा रोबर्ट लेवान्डोस्की र राफिन्हा लगायत नयाँ अनुबन्ध गरिएका खेलाडीलाई दर्ता गर्न ढिलाइ गरेको थियो ।

बार्सिलोनाले टेलिभिजन अधिकार र मिडिया उत्पादन इकाई बार्सा स्टुडियोको सेयर समेत बेचेको छ ।

अगस्टमा क्लबले बार्सा स्टुडियोको २४.५ प्रतिशत सेयर ओर्फियस मिडियालाई १०० मिलियन यूरो (८४.६ मिलियन पाउण्ड) मा बेचेका थिए । यसबाट बार्सालाई कम्तीमा केही नयाँ खेलाडी दर्ता गर्न अनुमति दिन आवश्यक रकम तयार हुने अपेक्षा गरिएको थियो ।

बार्सिलोना यस सिजन ६ खेलपछि १६ अंकसहित ला लिगाको दोस्रो स्थानमा छ र शीर्ष स्थानको रियल मड्रिडभन्दा दुई अंकले पछि छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?