+
+

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १५:५०

५ असोज, काठमाडौं । अब इन्टरनेट सेवा प्रदायकले अब अन्य सेवा बन्डलिङ गरेर अन्य सेवा बेच्न नपाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले कानुनले नै निषेध गरेको ‘क्रस सब्सिडी’ हुने गरी अन्य सेवा बन्डलिङ गर्न रोक लगाएको छ ।

एक सूचना जारी गर्दै प्राधिकरणले अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले दूरसञ्चार सेवा प्रदान गर्दा प्रतिस्पर्धात्मक वातावरणमा बाधा पुग्ने गरी कुनै पनि कार्य गर्न नपाइने व्यवस्था स्मरण गराएको छ । साथै स्वच्छ व्यापार गर्नु पर्ने कानूनी व्यस्था रहेको र कुनै पनि अनुमतिपत्र प्राप्त व्यक्तिलाई एक सेवाबाट प्राप्त आय क्रम सब्सिडीको रुपमा अर्को सेवामा प्रयोग गर्न समेत निषेध गरेको उल्लेख गरेको छ ।

प्राधिकरणले कतिपय इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट सेवा लगायत अन्य सेवा समेत प्रदान गर्दै आइरहेको र यसरी इन्टर्नेट सेवाबाहेक अन्य सेवाहरु सञ्चालन गर्ने क्रममा इन्टरनेट सेवा, आईपीटिभी सेवा र अप्टिकल नेटवर्क युनिट र राउटरहरुको प्याकेज बनाई केही सेवा निःशुल्क समेत प्रदान गर्ने गरी बन्डलिङ गरी प्रचार प्रचार भइरहेको भन्दै ध्यानाकर्षण जनाएको छ ।

‘यसले गर्दा स्वच्छ बजार प्रतिस्पर्धामा गम्भीर असर पुग्न गएको र जसको कारणबाट क्रम सब्सिडी समेत हुने भएकोले विद्यमान कानूनी व्यवस्था विपरीत बन्डिलिङ जस्ता गैरकानूनी कार्य नगर्न/नगराउन सरोकारवाला तथा सम्बन्धित सवै दूरसञ्चार सेवा प्रदायकलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ प्राधिकरणले सूचनामा भनेको छ ।

विद्यमान कानूनी व्यवस्था विपरीत गैरकानूनी रुपमा बन्डिलिङ गरी सेवा सञ्चालन गरेको पाइए दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही गरिने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?