+
+

राष्ट्रपतिको कदमले लोकतन्त्रमाथि कालो बादल छायो : पूर्व राष्ट्रपति यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १५:४९

५ असोज, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले देश फेरि प्रतिगमनतर्फ जान सक्ने बताएका छन् ।

बुधबार जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पुनर्निर्माणको भूमिपुजन गर्दै पूर्व राष्ट्रपति यादवले नेपालको लोकतन्त्रमा फेरि कालो बादल छाएको बताएका हुन् ।

उनले प्रतिगमनको अवस्था आउन सक्ने भएकाले सचेत रहन जनतालाई आग्रह गरे ।

‘दुई दुई पटक सदनबाट पास भएको नागरिकता विधेयकलाई राष्ट्रपति ज्युले प्रमाणीकरण गर्नुपर्थ्यो । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा, कर्तव्य बुझेर काम गर्नुपर्ने थियो । तर आज उहाँले संविधानको उलंघनकै काम गर्नु भएको छ’, उनले भने ‘ यसले लोकतन्त्रमा कालो बादल छाएको छ ।’

दुई दुई पटक संसद विघटन भएपछि अदालत, पाँच दलीय गठबन्धन, नागरिकसमाज, मिडिया र हरेक नेपालीको प्रयासले संविधान ट्रयाकमा आएको उनको भनाइ छ । तर, एक पटक फेरि संविधानको उलंघन भएकाले सबै नेपाली सजग रहन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?