+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

अप्राकृतिक मैथुनका आरोपी बाल अधिकारकर्मीलाई थुनामा राख्ने आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १७:४२

५ असोज, विराटनगर । अप्राकृतिक मैथुन गराएको आरोपमा पक्राउ परेका बाल अधिकारकर्मी राजेन्द्र ढकाललाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष समेत रहेका ५० वर्षीय ढकाललाई  अप्राकृतिक मैथुन मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

बुधबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले अदालतमा ढकालविरुद्ध अप्राकृतिक मैथुन मुद्दा दर्ता गरेको थियो ।

उनीमाथि १२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप छ । बालक विराटनगर महानगरपालिका–१२ मा अभिभावकसँग बस्दै आएका छन् ।

पीडित परिवारले किटानी जाहेरी दिएपछि गत भदौ १६ गते पक्राउ गरेर प्रहरीले ढकालमाथि अनुसन्धान अघि बढाएको थियो । ढकाल एजुकेसन हेल्पलाइन मोरङका अध्यक्ष पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?